Logo

३२ साउन,वीरगञ्ज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको आयोजनामा निःशुल्क आककंखा शिविर सम्पन्न भएको छ । वीरगन्ज–८ गहवामा निःशुल्क आँंखा  शिविर सम्पन्न भएको हो ।

वीरगन्ज आँंखा अस्पतालको सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १०२ जनाको आँंखा चेकजाककंच गरिएको थियो । जसमध्ये २५ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । उनीहरुको यहि भदौ २ गते आइतबार निः शुल्क शल्यक्रिया गर्ने डा. महेश सिंह धामीले बताए ।

शिविरमा राष्ट्रिय पत्रकार संघका सल्लाहकारद्वय बृजलाल पासवान, सुबास राम, उपाध्यक्ष सुरेश बादल, दलित अभियान्ता निला राम, स्थानीय अगुवा उमेश ठाकुर, वडा सदस्य संगीता दास लगायतको उपस्थिती रहेको थियो ।

संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा आयोजित शिविरमा उद्दघाटन नेकपा एकीकृत समाजवादी पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाले गरेका थिए ।


सम्बन्धित समाचार