Logo

३२ साउन,वीरगञ्ज । पर्सा सुन चाँदी व्यवसायी संघको बन्दसत्रमा विवाद भएको छ । बन्दशत्रमा साधारण सदस्यहरुले हिसाबकिताब पारदर्शी गर्न माग गरेपछि विवाद उत्पन्न भएको हो ।
उद्घाटन सत्र सकेपछि सुरुको बन्दशत्रमा साधारण सदस्यहरुले साढे तीन वर्षमा संघले गरेको कारोबारको हिसाबकिता पारदर्शी गर्न माग गरेका थिए ।

तर नेतृत्वले बन्दशत्रमा उठेको माग सम्बोधन नगरेपछि विवाद सृजना भएको सुन चाँदी व्यवसायी संघका प्रवेस सर्राफले बताए ।
उनका अनुसार बन्दशत्रमा सबै आर्थिक करोबारको हिसाबकिताब सार्वजनिक गर्न माग भएपछि संघका पदाधिकारीहरु मञ्च छाँडेर बेपत्ता भएका छन् । साधारण सदस्यले बन्दशत्रमा कित किलो सुन आयो ? कति संघमा पैसा बचत ? जस्ता प्रश्न गरेको उनले सुनाए ।

उनका अनुसार अहिले सबै सदस्यहरुमा भेला मात्र भएका छन, अन्य प्रक्रिया अगाडि बढेको छैन । बन्दशत्र सकेपछि संघले नयाँ नेतृत्व चयन गर्नेछ ।

संघको आजै मात्र नवौं र दशौं साधारण सभा सम्पन्न भएको छ । बीरगन्जको आर्मी ब्यारेक नजिकैको क्लासिक ब्याक्वेटमा सुन चाँदी व्यवसायी संघको साधारण सभासंगै चौथो अधिवेशन पनि सम्पन्न भएको हो ।
कार्यक्रमका सहभागीहरुले संघको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार