Logo

१ भदौ, वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकले आज ३८ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पर्साकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ ।

उनलाई वीरगञ्ज महानगरपालिकाका  मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशि हस्तान्तरण सँगै दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

नागरिक दैनिककी पर्सा सम्वादाता विमला गुप्ता अहिले वीरगञ्जबाट आफ्नै डिजिटल पत्रिका (अनलाईन पत्रिका) संचालन गर्दैछिन् ।

उक्त अवसरमा प्रतिक दैनिकमै कार्यरत ग्रामिण संवाददाता धर्मेन्द्र चौरसियालाई उत्कृष्ट सम्वादाताको रुपमा पुरस्कृत गरिएको छ ।

यस्तै स्तम्भकारमा कुमार रूपाखेती र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारीलाई समेत सम्मान गरिएको छ ।


सम्बन्धित समाचार