Logo

१ भदौ,काठमाडौँ । नेपालले आइसिसी यु–१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ।

प्रतियोगिता सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् । छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन्।

यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो । प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।


सम्बन्धित समाचार