Logo

१ भदौ,वीरगञ्ज । मधेस प्रदेश सरकारले जनकपुरधामस्थित ऐतिहासिक तेलहा पोखरीमा पानी फोहोरा, ‘डिजिटल लाइटिङ’ तथा पोखरी डिलमा व्यवस्थित विश्रामस्थल बनाउन सहयोग गर्ने भएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक महत्व रहेको तेलहा पोखरीलगायत स्थानको अवलोकनपछि यस्तो पर्यटकहरुको मनोरञ्जनका लागि यस्तो बनाउन जरुरी रहेको औल्याएका थिए ।

उनले भने, ‘जनकपुरधाममा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्नुहुन्छ, उहाँहरुको आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै डिजिटल लाइटिङ राख्न जरुरी छ । जसमा सरकारले पूर्णरुपमा सहयोग गर्न तयार छ ।’

उनका अनुसार धार्मिक नगरी जनकपुरधामका पुरातात्विक स्थान संरक्षण तथा संवर्द्धन गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।
मुख्यमन्त्री सिंहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न सम्बन्धीत निकायलाई निर्देशन समेत दिनुभएको थियो ।


सम्बन्धित समाचार