Logo

१ भदौ,काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ ।

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए । इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी सार्वजनिक गरेको छैन ।

‘अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ’, बस्सलले भने।
उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने ,’तिनवटा रकेटहरू सिधै घरमा खसेको थियो । भित्र बालबालिका र महिलाहरू थिए । उनीहरुको के दोष थियो ?’

इजरायल र हमासबिच १० महिना भन्दा बढी चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ । एजेन्सी


सम्बन्धित समाचार