Logo

२ भदौ, वीरगञ्ज । पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा भुलन प्रसाद सोनार पुनः निर्वाचित भएका छन् । उनी प्रतिद्वन्दी प्रवेश कुमार प्रसाद सोनारलाई १३ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । भुलनले १६२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी प्रवेशले १५९ मत ल्याएका छन् । संघको अध्यक्षमा भुलनको यो दोश्रो कार्यकाल हो ।

यसैगरी उपाध्यक्षमा कौशलकिशोर सर्राफ र जय प्रकाश सर्राफ विजयी भएका छन् । कौशलले १५३ मत र जय प्रकाशले १४४ मत ल्याई विजयी भएका हुन् । यस्तै महासचिवमा १७७ मत प्राप्त गरी अनिल कुमार सरार्फ विजयी भएका छन् ।

सचिवमा विकास कुमार सर्राफ १४६ मत, कोषाध्यक्षमा विजय कुमार सर्राफ १५१ मत ल्याएर विजयी हासिल गरेका छन् ।

यस्तै सदस्यहरुमा विजय कुमार सर्राफ(आदर्श), मनोज कुमार साह सोनार, लछुमन कुमार सर्राफ, विजय कुमार सर्राफ(भिम), शशी प्रसाद सोनार, सुरज सर्राफ विजयी भएका छन् । भने महिला सदस्यमा पुजा देवी विजयी भएकी छन् ।

संघको पदाधिकारी सहित नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा ३५० जना मतदाता मध्ये ३ सय २३ जनाले मतदान गरेका थिए ।


सम्बन्धित समाचार