Logo

२ भदौ, काठमाडौं । आगामी तीन दिन नारायणीसहितका नदीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, नारायणी, कन्काई, कमला, वाग्मती, राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्नेछ । यी नदीमा बहाव बढे पनि जलसतह सतर्कता तलै हुने विभागले जनाएको छ ।

पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीको जलसतह सतर्कता तहनजिक पुग्न सक्ने पूर्वानुमान गरिएको छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन विभागको अनुरोध छ ।


सम्बन्धित समाचार