Logo

२ भदौ सेढवा। पर्साको जिराभवानी गाउँपालिकाले आज सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको घर टहरा भत्काएर खालि गराएको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर ३ जीतपुरमा ८ कठ्ठा क्षेत्रफल जग्गामा अतिक्रमण गरि बनाईएका पक्कि घर र फुसको घर टहरा भत्काएर खाली गराएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीको नेतृत्वमा आज उक्त जग्गामा बनाईएका घर टहरामा जेसिबि लगाएर भत्काइएको उपाध्यक्ष रेखा चौधरीले बताउनुभयो । उक्त जग्गामा कृषि अनुसन्धान कार्यालय निर्माण गरिने उपाध्यक्ष चौधरीको भनाई छ ।


सम्बन्धित समाचार