Logo

३ भदौ,  काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करबीच भेटवार्ता भएको छ ।

सो अवसरमा भारतीय विदेशमन्त्री एस.जयशङ्करले मन्त्री डा राणालाई स्वागत गरेका थिए । भेटका क्रममा  द्विपक्षीय हित, नेपाल– भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको छ ।

भारतीय विदेश मन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । आरजुको यो परराष्ट्र मन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो ।

परराष्ट्र मन्त्री डा.राणा यही भदौ ६ गते स्वदेश  फर्किने कार्यक्रम छ ।


सम्बन्धित समाचार