Logo

३ भदौ, ठोरी । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी आज पर्साको ठोरी पुगेका छन् । ठोरीमा आयोजित एक कार्यक्रममा सहभागि हुन उनी विहान चितवनको माडी हुँदै ठोरी पुगेका हुन् ।

ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ लगायत ठोरीका प्रमुख राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुले उनलाई स्वागत गरेका थिए । उनले ठोरी गाउँपालिका वडा नम्बर ३ को जीर्ण अवस्थामा रहेको प्रहरी भवनको स्थलगत अवलोकन समेत गरेको वडाध्यक्ष शम्भु खड्काले जानकारी दिए ।

कार्यक्रममा ठोरी भित्र रहेका प्रहरी चौकीहरुको भवन निर्माण, प्रहरी दरबन्दी अनुसार प्रहरी पठाउन, सीमा र मधेस प्रदेश सरकारसंग समन्वय लगायतका विषयहरुमा मन्त्री लेखीको ध्यानाकर्षण गराइएको थियो ।

जवाफमा मन्त्री लेखीले अन्य शीर्षकबाट रकमान्तर गरेर भएपनि ठोरीका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा संविधान सभा सदस्य जयप्रकाश थारु, माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महत्तो, प्रमुख दलका स्थानीय प्रमुख, ठोरी गाउँपालिकाका कर्मचारीहरु लगायातको सहभागिता थियो ।


सम्बन्धित समाचार