Logo

३ भदौ, सेंढवा । दैनिक पाच रुपैया संकलन अभियानमा करिब तीन बर्षमा १२ लाख रुपैया संकलन भएकाे छ ।

पर्साको ठोरी गाउपालिका वडा नं १ रहेका बृद्ध बृद्धा तथा असहाय कल्याण संस्था भगवाननगरको खातामा सो रकम संकलन भएका अभियानकर्ता सन्तोष श्रेष्ठले बताए।

सो संस्थामा बस्ने बृद्धबृद्धा, असहाय तथा अपाङ्गहरुको दैनिक खर्च जुटाउन श्रेष्ठले दैनिक पाच रुपैया संस्थाको नाममा जम्मा गर्ने अभियान आफैबाट गरेका थिए । जसमा चन्दादाताहरु जोडिदै सो रकम जम्मा भएकाे अभियानकर्ता श्रेष्ठले बताए ।

सुवर्णपुर स्थित राष्ट्रिय बाणिज्य बैकमा सो संस्थाको खातामा सो रकम जम्मा भएको र गत बैशाख महिनादेखि मासिक दश रूपैंया संकलन गर्न थालिएको  श्रेष्ठको भनाई छ।
सो संस्था भारतीय सेनाको जागिरबाट अवकाश पाएका आसबहादुर गुरुङ्गले करिब १२ बर्ष पहिले आफ्नो खर्चबाट शुरु गरेका हुन् । ७९ बर्षीय गुरुङले अनाथ, अपाङ्ग, असहाय तथा बृद्धबृद्धाहरु ल्याएर लालन पालन गर्न थालेका थिए ।

संस्थामा बस्ने बृद्धबृद्धा , अपाङ, अनाथका खाना तथा अन्य खर्चका लागि परोपकारी, मनकारी मानिसहरुले सहयोग गरेका नगद तथा जिन्सीबाट संचालन गर्दै आएका तामाङ्ले बताए । उनका अनुसार अहिले सो संस्थामा २२ जना बसोबास गरिरहेका छन् । संस्थाका खर्च धाउन नसक्दा बिभिन्न दाताहरुले खद्यान्न तथा नगद चन्दा सहयोग गर्न शुरु भएका थियाे ।

संस्थामा बसोबास गर्नेहरुको दैनिक खर्च चलाउन दीर्धकालीन व्यवस्थापनका लागि यो अभियान शुरु गरेकाे श्रेष्ठले बताए।

खातामा दश लाख रुपैया जम्मा भए सो रकमबाट अक्षय कोषमा परिणत गरी ब्याजबाट संस्थाको खर्च चलाउन सकिने मनशायले यो अभियान गरेको श्रेष्ठले बताए।

तर अहिले सो संस्थाको खातामा १२ लाख रुपैया जम्मा भएको र जम्मा गर्नेहरु जोडिने क्रम जारी रहेको श्रेष्ठकाे  भनाई छ ।
यस अभियानमा सबभन्दा बढी ठोरीबासी नै जोडिएको श्रेष्ठले बताए।सो संस्थाको खातामा एक जनाले दैनिक पाच रुपैयाका दरले एक बर्षको लागि आउने एक हजार आठ सय पच्चीस रुपैया जम्मा गर्नु पर्ने हुन्छ।

यसभन्दा बढि रकम एकमुष्ट जम्मा गर्ने प्रवधान रहेक ाेछ छ । बिशेष गरी जन्मदिन , विवाहावत्सव, पुण्यतिथि लगायत अन्य अवसरमा यस संस्थाका लागि दैनिक पाच रुपैया अभियानमा दाताहरु सहभागी भइरहेका छन।


सम्बन्धित समाचार