Logo

४ भदौ, काठमाडौं । सुडानका अधिकारीहरू र विज्ञहरूका अनुसार सुडानमा लामो समयदेखि जारी द्वन्द्वका कारण देशको स्वास्थ्य क्षेत्रमा गम्भीर असर परेको छ ।

वार्षिक भारी वर्षा र बाढीका कारण सुडानमा हैजा र अन्य संक्रामक रोगहरू तिब्र गतिमा फैलिरहेका छन् । आइतबार सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले देशमा हैजाका घटनाहरूको संख्या ३५४ पुगेको छ । जसमा २२ जनाको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हैजाको प्रकोप मुख्यतया युद्धका कारण बिग्रिएको वातावरणीय अवस्था र धेरै क्षेत्रमा असुरक्षित पानीको प्रयोगका कारण भएको हो ।

यसैबीच मन्त्रालयले गत मंगलवार देशको महामारीको अवस्थाको बारेमा आफ्नो पछिल्लो प्रतिवेदनमा गुलाबी आँखा रोग भनेर चिनिने ९नेत्रश्लेष्म० रोगका बिरामीको संख्या नौ राज्यमा २ हजार ६८९ पुगेको बताएको छ ।

सुडानको गृह मन्त्रालयका अनुसार भारी वर्षा र बाढीका कारण सुडानका विभिन्न भागमा जुन महिनादेखि अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ ।


सम्बन्धित समाचार