Logo

४ भदौ, काठमाडौं । अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् ।

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

न्यायिक समितिका प्रमुख जिम जोर्डनले अनुसन्धानबाट बाइडेनले निजी प्रयोजनका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको देखिएको बताउनुभएको छ । यद्यपि यसबारे बलियो प्रमाण भने रिपब्लिकनहरूसँग नभएको खबरमा उल्लेख छ ।

अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान दिइरहेका छन् ।

एजेन्सीहरूका अनुसार इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने र लोकतान्त्रिक संस्थाहरूमा असन्तुष्टि छर्ने काम गरिरहेको छ । चुनावी अभियानका क्रममा यही अगस्ट १० तारिखमा ट्रम्पको आन्तरिक सञ्चार ह्याक भएको थियो । तर एफबीआईको दावी इरानी अधिकारीहरुले अस्वीकार गर्दै आएका छन् ।


सम्बन्धित समाचार