Logo

४ भदौ,काठमाडौं । भन्सार विभागका पूर्व महानिर्देशक तथा सहसचिव शोभाकान्त पौडेल र तत्कालिन विरगंज सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख तथा उपसचिव रामप्रसाद मैनानीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । पौडेल र मैनालीको मिलेमतोमा भएको भन्सार मूल्यांकनको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टिकरण सोधेको हो ।

गत वर्ष ग्यास लाइटरको एक्कासी भन्सार मूल्यांकन बढाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य नबढेको अवस्थामा तत्कालिन भन्सार विभागको नेतृत्वले बदनीयतपूर्वक भन्सार मूल्यांकन बढाएको भन्दै उजुरी परेको हो। सोहि उजुरीको आधारमा अख्तियारले अर्थ मन्त्रालय माफर्त पत्र काटेको पाएको छ ।

नेपालमा चीनबाट ग्यास लाइटर आयात भैरहेको थियो । चीनमा लाइटरको मूल्य बढेको समेत थिएन । तर गत वर्ष मंसिरमा भन्सार विभागले भन्सार मूल्यांकन बढाइयो ।

सामान्ययत मूल्यांकन बढाउने विषय बजार मूल्यसँग नै सम्बन्धीत हुन्छ । तर पौडेल र मैनालीको मिलेमतोमा भने ग्यास लाइटरको केसमा विभाग र मातहतको कार्यालयले नेपालको आयात निर्यातको व्यवस्थालाई नै धज्जी उडाएर मूल्यांकन बढाएको देखिन्छ ।

यसरी बढाउनुमा नेपालमा चुरोट खाने मान्छे कम भएकोले मूल्यांकन बढाएको उल्लेख भएको कागजातमा देखिएको छ ।

नेपालमा चुरोट खाने कम भैरहेको पाइएको तथा सरकारको आम्दानी समेत कम भैरहेको भन्दै टिप्पणी उठाएर मूल्यांकन बढाइएको कागजात फेला परेको छ । जुन कागजात नै अनौठो देखिएपछि अख्तियारले चासोको साथ पत्र काटेको हो ।

मूल्यांकन वृद्धि गर्दा पुनः प्रयोग गर्न नमिल्ने लाइटरको भन्सार मूल्यांकन ४ अमेरिकी सेन्टबाट बढाएर ६ सेन्ट बनाइएको छ भनेरिफिल गरी पुनः प्रयोग गर्न मिल्ने लाइटरको ५ सेन्टबाट ७ सेन्ट पुर्याइएको थियो ।

ग्यास लाइटरको भन्सार शुल्क वृद्धिको निर्णयसमयमा भन्सार विभागको मूल्यांकन बढाउने निर्णय गत वर्ष मंसिर १५ गते भएको थियो ।

भन्सार मूल्यांकन बढाउनुको अर्को मुख्य कारणमा भन्सार राजस्व संकलनमा परेको चापको समेत आधार मानेको भन्सार विभागले निर्णयको लागि उठाइएको टिप्पणीमा उल्लेख गरिएको छ ।

भन्सार विभागलाई दिएको लक्ष्य भेट्टाउनको लागि नै मूल्यांकन बढाइएको उल्लेख गरिएको हो । टिप्पणीमा राजस्व असूलीको प्रमुख र भरपर्दो औजारको रूपमा भन्सार विभागले गर्न सक्ने काम नै मूल्यांकन बढाउने हो भनिएको छ ।

मूल्यांकन बढाउनुको खास कारण के हो ?

व्यपारीहरुले चीनबाट आयात गरे पनि धेरै परिमाण भने विरगंज सुख्खा बन्दरगाहबाट भन्सार पास भएर नेपाल आइरहेको थियो । गत वर्ष धेरै परिमाणमा आएको तथ्यांक महानिर्देशक पौडेल र भन्सार कार्यालय प्रमुख मैनालीले थाहा पाएपछि कुदृष्टि राखेर रोक्ने प्रयास गरे । उनीहरुको सोच थियो, भन्सार मूल्यांकन बढाइदिने र आयात बन्द गराउने । त्यसपछि मूल्यांकन बढाउनु अघि आयातको प्रक्रिया थालनी भैसकको वस्तुमा केहि बार्गेनिङ गर्ने ।
मैनालीले केहि व्यपारीलाई प्रस्ताव समेत गरे, तपाईहरुको सिपिङको प्रक्रियामा रहेको लाइटर छ भने त्यसको व्यवस्थापन हुन्छ ।

तर पौडेल र मैनालीको जालमा व्यपारी परेनन् । उनीहरुले बरु आयातको प्रक्रियामा रहेका वस्तुको बढेकै मूल्यांकनमा भन्सार छुटाउन तयार छौं । तर अबैधानिक आर्थिक लाभ वितरण गर्दैनौ भन्ने आशय देखाए ।

त्यसपछि रुष्ट रहेका मैनाली र पौडेलले धरौटीमा समेत आयात भएको लाइटर छोड्न मानेनन् । जुन विषयलाई अख्तियारले समेत निगरानी राख्नुपर्ने देखिएको छ ।


सम्बन्धित समाचार