Logo

४ भदौ,काठमाडौँ । डेंगी सङ्क्रमितको संख्या देशभर ४ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार अगस्ट १९ सम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगी पुष्टि भएको छ।

इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्।

तनहुँमा हाल ७८१ जनामा डेंगी पुष्टि भएको छ। त्यसैगरी दोस्रोमा काठमाडौंमा ३८० त्यसपछि क्रमशः कास्कीमा ३५१, पर्वतमा १७७ र चितवनमा १५७ जनामा डेंगी पुष्टि भएको छ। हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगी देखिएको छ। यो वर्ष हालसम्म डेंगीबाट २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

डेंगी संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन्। इडिसिडीको विवरणअनुसार हाल हैजाका सङ्क्रमितको संख्या ५८ पुगेको छ। पछिल्लो हप्ता काठमाडौँ मा ३ जना हैजा संक्रमित भेटिएका छन्।


सम्बन्धित समाचार