Logo

५ भदौ, वीरगञ्ज । पर्साको ग्रामिण क्षेत्रमा वाटर फाउन्टेन संचालनमा आएको छ । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ औरहा पञ्चगावाँमा उक्त वाटर फाउन्टेन निमार्ण गरिएको हो । वडा कार्यालय अगाडीको चोकमा गाउँपालिकाको २० लाखको बजेटबाट उक्त वाटर फाउन्टेन निमार्ण गरि संचालनमा ल्याइएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।

उनका अनुसार “औराहा पञ्चगावाँमा ठुलो बजार लाग्दछ । त्यहाँ दैनिक रुपमा पालिकाका विभिन्न गाउँबाट खाद्यन र तरकारी किन्न गाउँगाउँका वासिन्दा पुग्दा शहरकै अनुभुति गराउन वाटर फाउन्टेनको निर्माण गरिएको छ ।”

गाउँको सौन्दर्यकरण गर्ने हेतुले उक्त फाउन्टेन निमार्ण गरिएको एमाले प्रसौनी गाउँपालिका कमिटी सचिव चन्दन सहनीको भनाई छ ।

उनले भने “वाटर फउन्टेन निर्माणले औराहालाई सौरहाँ बनाउने अपेक्षाको सुरुवात भईसकेको पुष्टि गर्दछ ।”

यसैगरी वडा नम्बर ६ एकडर्वा टोलमा गढीमाई मन्दिरको सौन्दर्यकरण गरिएको छ । गाउँपालिकाबाट ७ लाखको रकम छुट्याएर उक्त मन्दिरको सौन्दर्यकरण गरिएको पालिका अध्यक्ष यादवको भनाई छ ।


सम्बन्धित समाचार