Logo

फाइल तस्बिर

५ भदौ,पर्सागढि । सबैया साझेदारि बन र बिन्दबासिनी कोईलाभार वन क्षेत्रको सिमा अमवाघाट जङ्गलबाट दुई थान सालको चारपाटा बरामद भएको छ । गएराती वन गस्ती टोलीले दुई थान सालको चारपाटासहित दुई थान साईकल समेत नियन्त्रणमा लिएको हो ।

जङ्गलबाट काचो सालको रुख कटान गरि चारपाटा बनाएर ल्याउदै गरेको अवस्थामा बरामद भएको वन अधिकृत उज्जवल यादवले बताए । सब डिभिजन वन कार्यालय बडनिहारका जम्दार जितबहादुर तामाङ्गको कमान्डमा खटेको वन गस्ती टोलीले करिब १० क्युफिट काठ र दुई थान साईकल बरामद गरेको हो ।

गस्ती टोलीलाई देख्नासाथ तस्करहरु काठ र साईकल छाडेर फरार भएको उनको भनाइ छ । बरामद काठ तथा साईकल आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ ।

तस्करहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।


सम्बन्धित समाचार