६ भदौ,काठमाडौं । भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार स्वदेश फर्किँदै छिन्। अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।
भारतीय समकक्षी एस. जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन्। परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत विषयमा गम्भीर छलफल भए पनि सीमामा देखिएका समस्याबारे भने कुरा हुन सकेन।
राणालाई प्रधानमन्त्रीसरह नै सम्मान र महत्त्व दिएपछि नेपालको राजनीतिक वृत्तमा निकै चर्चा चुलिएको छ।