Logo

६ भदौ,काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई जर्जर बनाएको भन्दै त्यसको सम्पत्ति बाँडेर लिन सत्तारुढ दलहरूलाई चुनौती दिएका छन् ।

बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले त्रिविको सम्पत्ति बाँडेर पार्टी कार्यालय बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले)लाई चुनौती दिएका हुन् ।

‘त्रिविको दुर्दशा भएको छ । बरू कांग्रेस–एमालेले आधा–आधा बाड्नुस् र पार्टी कार्यालय बनाउनुस्,’ उनले भने, ‘पढ्ने विद्यार्थीलाई विदेशमा लखेटेपछि अब ३३ सय रोपनी जग्गा दलको नामको दर्ता गरौं ।’
सांसद सिंहले भ्रष्टाचारमा ५ वर्षे हदम्याद लगाउने कुरा स्वीकार्य नभएको पनि बताए ।


सम्बन्धित समाचार