Logo

६ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले ज्यान सम्बन्धी कसुरमा फरार एकजना प्रतिवादीलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले ज्यान सम्बन्धी कसुर तथा डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीले बीरगन्ज महानगरपालिका वडा नम्बर ११ निवासी कृष्णा साह तेलीलाई पक्राउ गरेको जानकारी दिएको छ । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले जिल्ला अदालतको फरार सूचिमा रहेका तेलीलाइ महानगरको मुर्लीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

पक्राउ परेका तेलीलाई थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाउने प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार