Logo

६ भदौ,वीरगञ्ज । पर्साका १३ वटा पालिकाले अझ भू–उपयोग वर्गीकरण गरेका छैनन् । साउन ३१ गतेसम्म भू–उपयोग वर्गीकरण गरी पत्र पठाउनु पर्ने प्रावधान छ । तर १३ वटाले पालिकाले अझ भू–उपयोग वर्गीकरण नगरेको मालपोत कार्यालय पर्साले जानकारी दिएको छ ।

सात दिन बितिसक्दा पनि बहुदरमाइ नगरपालिकाबाहेक १३ वटा पालिका अहिलेसम्म भू–उपयोग वर्गीकरण नगरेको मालपोत कार्यालय पर्साका प्रमुख डमरु निरौलाले बताए ।
उनका अनुसार राजपत्रमा प्रकाशित भएको मितिले एक वर्षभित्रमा भू–उपयोग वर्गीकरण गरिसक्नु पर्ने नीति छ ।

तर अहिलेसम्म बहुदरमाइ नगरपालिकाबाहेक कसैले नगरेको उनको भनाइ छ । मालपोत कार्यालय पर्साका बीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिकाले भू–उपयोग वर्गीकरण गरेका छैनन् ।
यसैगरी गाउँपालिकाहरुतर्फमा सखुवाप्रसौनी, ठोरी, जिराभवानी, कालिकामाइ, जगरनाथपुर, पटेर्वासुगौली, धोबिनी, छिपहरमाइ, पकहामैनपुर र बिन्दबासिनी गाँउपालिकाले भू–उपयोग वर्गीकरण नगरेको मालपोत कार्यालयले जानकारी दिएको छ ।

मालपोत कार्यालय प्रमुख निरौलाका अनुसार समयमा भू–उपयोग वर्गीकरण नगर्दा जग्गा वर्गीकरण तथा कित्ताकाट गर्न समस्या आउनेछ । पालिकाले भू–उपयोग वर्गीकरण अmभ समयमा नगरे अब कित्ताकाट नगर्न मालपोत कार्यालयले तयारी गरेको जनाइएको छ ।


सम्बन्धित समाचार