Logo

६ भदौ,काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

सहकारीको रकम अपचलनका विषयमा सोधपुछ गर्न पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई शुक्रवारका लागि बोलाइएको समितिकी सदस्य ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

‘शुक्रवार पहिले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडे र त्यसपछि रवि लामिछानेलाई सोधपुछका लागि बोलाइएको छ । उहाँसँग दिउँसो सोधपुछ गरिनेछ,’ उनले भनिन् ।

गोर्खा मिडियाअन्तर्गत चलाइएको ग्यालेक्सी टीभीमा सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मीसहितका सहकारीबाट अनधिकृत रुपमा करोडौं रकम ल्याइएको विषयमा छानबिन भइरहेको छ ।

लामिछानेका नाममा पनि करोडौं रकम आएको दाबी नेताहरूले गर्दै आएका छन् । यसैले विशेष समितिले सोधपुछका लागि उनलाई बोलाएको हो ।
तर लामिछानेले भने आफूले अहिलेसम्म अनधिकृत रुपमा सहकारीको पैसा नलिएको दाबी गर्दै आएका छन् ।

 


सम्बन्धित समाचार