Logo

६ भदौ,वीरगञ्ज । बारा प्रहरीले सवा करोड भन्दा बढीको भन्सार छलीका सामानसहित तीनवटा ट्रक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गरेको जाँचमा बिलबिजक भन्दा फरक सामान पाइएपछि प्रहरीले तीन वटा ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीको विशेष टोलीले जिल्लाको विभिन्न ठाउँबाट १ करोड २९ लाख मूल्य बराबरको किराना सामान,पुजा सामग्री, कपडासहित खुद्रा सामानहरु बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले बीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ८ड७५ नम्बरको ट्रकबाट ३३ लाख ३२ हजारको किराना तथा खुद्रा सामान बरामद गरेको हो । यसैगरी पथलैयातर्फ जाँदै गरेको ना ७ ख ५९२६ नम्बरको ट्रकबाट करिब २९ लाखको लत्ताकपडा बरामद गरेको बारा प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी प्रहरी चौकी पथलैयाले भने बीरगन्जबाट काठमाडौंतर्फ जाँदै ना ३ ख ७३४२ नम्बरको ट्रकबाट कपडा, ग्लास, फोटो फिक्चर, लेडिज सुटसहितका खुद्रा सामान बरामद गरेको हो । बरामद सबै बिलबिजक भन्दा फरकका सबै सामान थप कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।


सम्बन्धित समाचार