Logo

७ भदौ,जनकपुरधाम।नयाँ कमला पुल निर्माणको माग गर्दै सामुहिक आमरण अनशन बसेका संघर्ष समितिले आजदेखि आमरण अनशनका सम्पूर्ण कार्य स्थगित गरेको छ ।

मधेश प्रदेश सरकारसंग नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषासंग पुल निर्माण गर्ने प्रदेश सरकारले चार बुँदे सहमति गर्दै आमरण अनशन स्थगित गरेको हो । मुख्यमन्त्री सतिस सिंहले संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवसंग मुख्यमन्त्री सिंहले सहमति गर्दै चार दिन सुरु भएको आमरण अनशन स्थगित गराएका हुन ।

संघर्ष समितिसंग मुख्यमन्त्री सिंहले नयाँ पुलको निर्माण गरिने पहिलो बुँदामा सहमति गरेका भने दोस्रो बुँदामा नयाँ कमला पुलका लागि आवश्यक बजेट आव ०८२/०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने नभएमा सम्पूर्ण बजेट प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको छ ।

अन्य बुँदाहरुमा भने ०८१ सालको मंसिर महिनादेख डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम आजैको मितिबाट स्थगित गर्ने सहमति भएको छ । सरकार पक्ष र आन्दोलतरत पक्षसंग सहमति भएपछि आजदेखि आमरण अनशनका सम्पूर्ण कार्य स्थगित गरिएको संघर्ष समितिले जानकारी दिएको छ ।

यही ४ गतेदेखि संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनशन सुरु गरेका थिए । पुरानो पुल भासिएको हुँदा सिरहाबाट मधेश राजधानी जनकपुर आवतजावत गर्न निकै सास्ती कठिनाइ हुने गरेको स्थानीय बताउँछन् । सिरहा निवासी मनोज मोरबैटाका अनुसार पुल नहुँदा जनकपुर पुग्न महेन्द्र राजमार्गको बाटो वा भारतको बाटो भएर जानुपर्छ ।

उनी भन्छन्, ‘पुल नहुँदा सिरहाबासीसंगै हामीलाई पनि समस्या हुने गरेको थियो, तर प्रदेश सरकारले गरेको यो सहमति आम जनतामा आशा जगाएको छ । मात्र सत्ताका लागि राजनीति गर्ने दलहरुले पनि यो कुरा बुझदिनुप¥यो । अनि सबै दलहरु यसैगरी जनताका समस्या समाधानतर्फ ध्यान केन्द्रित गरिदिनु प¥यो । ताकी जनतालाई राहत मिलोस ।’


सम्बन्धित समाचार