Logo

७ भदौ,तनहुँ । तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा अहिले यात्रुहरुको उद्दार कार्य जारी छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसमा ४० जना यात्रु थिए । ती मध्ये १६ जनाको उद्दार गरिएको छ। बाँकी यात्रुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङदी नदीमा बस खसेको हो । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभएको छ । उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए ।

यात्रुको सङ्ख्या अझै एकिन हुन सकेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


सम्बन्धित समाचार