Logo

८ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले जुवातास खेलिरहेका एक दर्जन भन्दा बढी जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा छापामारी गर्दा प्रहरीले जुवातास खेल्ने १३ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीबाट खटिएको टोलीले महागढीमाइ नगरपालिकाको बरियापुरस्थित मोतीलाल प्रसादको घरमा छापा मार्दा १३ जना पक्राउ परेका बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जनाए ।

प्रहरीले छापामारी जुवातास खेलिरहेको अवस्थामा मनोज प्रसाद कुशवाहा, बिनोद प्रसाद, मोतिलाल प्रसाद, जतिकर हुसेन, मोतिलाल कुशवाहा, राजु कुशवाहा, अच्छेलाल महतो, कस्तुरी साह, राजकिशोर प्रसाद कुशवाहा, जितेन्द्र तिवारी, सुकदेव यादव र मुस्ताक खान पैठानलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेकाहरु महागढी नगरपालिका वडा नम्बर १ का निवासी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनायो ।


सम्बन्धित समाचार