Logo

८ भदौ,वीरगञ्ज । जनमत पार्टी पर्साले आज पोखरिया नगरपालिका भेटघाट एवम पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

पेखरिया नगरपालिकास्थित हनुमान मन्दिर धर्मशालामा जनमत पार्टीले कार्यक्रमको आयोजना गरेको हो ।

पार्टी प्रवेश कार्यक्रममा ४० जना विभिन्न पार्टी परित्या गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका नेता ओमप्रकाश सर्राफले बताए ।  उनका अनुसार शनिबार ग्रामिण भेगबाट पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै सदस्यतासमेत वितरण गरिएको थियो ।

स्थानीय रोशन कुशवाहाको अगुवाइमा पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको जनमत पार्टी पर्साले जानकारी दिएको छ ।


सम्बन्धित समाचार