Logo

९ भदौ, सिमरा । बाराको सिमरा स्थित संगालो वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा निराजन थापा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न १३ औँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नेत्रप्रसाद दाहाल, सचिवमा गोकुल अधिकारी, कोषाध्यक्ष कोपिला अर्याल, सदस्यहरुमा रवीन्द्र ठाकुर, राजदास श्रेष्ठ, रमेश थापा, निरोज पुडासैनी, ईश्वर थपलिया, सुशिला कार्की, कविता लम्साल रहेका छन् । धनन्जय थोकरको संयोजकत्वको लेखा सुपरीवेक्षण समितिको सदस्यमा निरन्जन कर्ण तथा सन्तोष श्रेष्ठ रहेका छन् ।

बन्द सत्र अघि साकोसका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता तथा बारा जिल्ला वचत संघका अध्यक्ष सतेन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र आयोजना गरिएको थियो । उद्घाटन सत्रमा उत्कृष्ट वचतकर्ता विष्णुमाया गौतम र विमला अधिकारी, उत्कृष्ट कारोवारी रुपमा हेमन्त खड्का र विपिन लामिछाने तथा यस वर्षको कक्षा १२ को परीक्षामा बारा जिल्लाका सामुदायिक विद्यालय टप गर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका छात्र गौरवमान श्रेष्ठ र छात्रा सामना भट्टराईलाई सम्मान गरिएको थियो ।

१३ वर्षको कार्यानुभव संगालेको संगालो साकोसले झण्डै १२ करोड ६ लाख ८५ हजारको कारोबार गरिरहेको संस्थाका अध्यक्ष शालिकराम अधिकारीले जानकारी गराए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हाल ३ सय ८१ जना सेयर सदस्य रहेको संस्थाले ७ करोड ८८ लाखको निक्षेप संकलन र ८ करोड ८६ लाख लगानी गरेको जानकारी गराए ।

 


सम्बन्धित समाचार