Logo

९ भदौ, सिन्धुली । शनिबार सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ को कुँडुले भन्ने स्थानबाट सुनकोशी नदीमा खसेको जिपको खोजीकार्य जारी छ ।

काठमाडौंतर्फ हिंडेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटको १० जनाको टोलीले खोजी गरिरहेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिलकुमार खड्काका अनुसार उक्त जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर ज्यन जोगाएका हुन् । हामफालेर ज्यान जोगाएका सुशान्त कक्षपतिको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार इसुजु हाइलक्स गाडी सुनकोशी नदीमा डुब्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।


सम्बन्धित समाचार