Logo

९ भदौ,काठमाडौं। कतार एयरलाइन्सको उडानबाट काठमाडौं आएका एक विदेशी नागरिकबाट करिब २ किलो लागु औषध कोकिन बराम भएको छ।

आइभोरी कोष्टका नागरिक भमरा कोनको साथबाट कोकिन बरामद भएको हो। लागु औषध व्यूरोको प्रहरी टोलीले ठमेलबाट कोकिनसहित उनलाई पक्राउ गरेको हो। बरामद कोकिनको बजार मूल्य ४ करोड बराबरको रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको लागु औषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताए।

गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो। उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको उनको भनाइ छ।

अभियुक्तले उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथोपियाबाट दोहा हुँदै काठमाडौँ ल्याएका थिए। उनलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ।


सम्बन्धित समाचार