Logo

९ भदौ,काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार