Logo

९ भदौ,वीरगञ्ज । सबैया साझेदारी वन उपभोक्ता समुहको सधारण सभा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

समूहका अध्यक्ष लखनलाल गुप्ताले आज जिल्ला प्रसाशन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउनु भएको हो । सबैया साझेदारी वन उपभोक्ता समुह पर्साको कार्यकाल समाप्त भई वन ऐन २०७६ र वन निमावली २०७९ बमोजिम चुनाव उप समिति गठन गरी उक्त साझेदारी वनको क्षेत्र पर्ने विरगंज महानगरपालिकाका ३० वडाहरुमध्य (१९ र २७ बाहेक) र पर्सा गढी ना.पा.का वडा नं. ३ र ४ मा स्थानिय तह वा अन्तरगतको वडा कार्यालयको सहयोग लिई वन निमावली २०७९ को नियम ५६ बमोजिम प्रत्येक वडाबाट २ जना महिला समेत ७ जना सदस्य छनौट भईसकेको अवस्थामा अझै साधारणसभा हुन नसकेको भन्दै साधारणसभा गराउन माग सहित ज्ञापनपत्र बुझाएको हो ।

डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृतवाट प्रमाणित भइसकेको अवस्थामा डिभिजन वन कार्यालय पर्सावाट सधारण सभा गरी वन उपभोक्ता समिति गठन गर्नुपर्नेमा सो कार्य लगभग १ वर्ष देखी नभएकोले वन संरक्षण र व्यवस्थापनमा प्रतिकुल असर परि करोडोको काठको हैसियतमा दिन प्रतिदिन हरास भइ राजश्वमा समेत प्रतिकुल असर भइरहेको अवस्था रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

सबैया साझेदारी वन क्षेत्र भित्र पर्ने स्थानीय उपभोक्तालाई मृत्यु हुँदा हिन्दु परमपरा अनुसार दाह संस्कार गर्दा पनि काठ दाउरा उपलब्ध नहुदा समस्या भएको र उपभोक्ताहरुले घर बनाउदा पनि काठ उपलब्ध नभएको सर्वसधारणको गुनासो आएपनि जिल्ला वन कार्यालयमा जदा आलटाल गरी सधारणा सभा गर्न आश्वासन मात्र दिने काम मात्रै भएको प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराईएको छ ।

हाल सम्म सधारणसभा नभई वन व्यवस्थापन समिति गठन हुन नसकेकोले वनको संरक्षण र व्यवस्थापनमा दिन प्रतिदिन प्रतिकुल असर परिरहेको अवस्थालाई मध्यनजर गरी उक्त समुहको सधारण साभा गरी वन व्यवस्थापन समिति गठन गर्ने गराउने तर्फ नियामानुसार आवश्यक पहल गरी वन संरक्षण गर्न सहयोग गरी गरिदिन अनुरोध गरेको छ । ज्ञापनपत्रमा वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश जनकपुरधाम नेपाल र डिभिजन वन कार्यालय पर्सालाई समेत बोधार्थ लेखिएको छ ।


सम्बन्धित समाचार