Logo

९ भदौ,वीरगञ्ज । पर्साको तिलावे नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका युवक अझै फेला पर्न सकेका छैनन् । विहान साढे ११ बजेदेखि बेपत्ता भएका किशोर अझै फेला पर्न नसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार १४ वर्षीय समीर देवान अझ बेपत्ता रहेका छन् । बेपत्ता भएदेखि नै सशस्त्र प्रहरीको टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल पर्साका अनुसार समीरको खाजीका लागि अहिले र्‍याफटङ्गि टोली र पैदल टोली परिचालन गरिएको छ । तर अहिलेसम्म फेला पार्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले बताए ।

बेपत्ता भएका समीर बहुदरमाइ नगरपालिका वडा नम्बर २ निवासी असलम देवानका छोरा हुन । शनिबार तिलावे नदीमा तीन जनाको समुह पौडी खेल्न गएको थियो । जसमध्ये समीर विहानदेखि नै बेपत्ता भएका हुन ।
सशस्त्र प्रहरी निरीक्षक अधिकारीले भने, ‘ बेपत्ता समीरको हिजोदेखि कार्य जारी छ, तर अझै फेला पर्न सकेका छैननु । हामी खोज्ने सबै प्रक्रिया अपनाइरहेका छौं । नदीमा बाढी आएकोले खोज्न कठिनाइ भइरहेको छ ।’


सम्बन्धित समाचार