Logo

९ भदौ,सेढवा । लगातार भएको वर्षाले जमिनमुनिको पानी सतह बढेको छ । केही समय अगाडि सुकेका चापाकलहरुमा अहिले पर्याप्त पानी आउन थालेको छ ।
बोरिङ्ग, चापाकल तथा अन्य साधनमा सुकेका पानीका मुहानबाट पानी आउन थालेका छन । सजिलै पानी आउन थालेपछि सबैतिर खुसी छाएको छ ।

ठोरी गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष अष्टबहादुर लोप्चनका अनुसार ६० फिटसम्म गहिरो जडान गरिएका बोरिङ्हरुमा अहिले सजिलै दमकलबाट पानी तान्न सकिएको बताए । जमिनमुनिका सतहमा पानी आउन थालेपछि अहिले सुकेका चापाकलबाट पनि पानी तान्न सकिएका वडाध्यक्ष लोप्चनको भनाइ छ ।

बोरिङ्मा मात्रै नभइ थरुहठ क्षेत्रमा जडान गरिएका धाराहरुमा पुनः स्वत पानी आउन थालेका छन । एक सय पच्चिस फिटदेखि एक सय असी फिट गहिरो जडान गरिएका धाराबाट समान्य रुपले पानी आउन थालेका स्थानियले जनाएका छन । बर्षा नभएका बेला यी सबै धाराहरु सुकेका थिए, जसका कारण पानी तान्न चापाकल जडान भएका थिए।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ उतर सुगौलीका मुकेश गौरोले २ महिना यता चर्को घामका कारण चापाकलहरु सुकेको थियो । तर लगातार परेको पानीले चापाकलमा समान्य अवस्था जस्तै पानी आउन थालेका बताइन्छ । गाउँपालिकाका अधिकांश चापाकलहरुमा ‘अटोमेटिक’ पुनः पानी आउन थालेका गौरोले बताउँछन् ।


सम्बन्धित समाचार