१० भदौ,काठमाडौँ । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् ।
विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ ।
नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ । उनी मंगलबार ओमान फर्किनेछन् ।