Logo

१० भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका बरामद इलेक्ट्रोनिक्स तथा फलफुलहरु कारबाहीका लागि भन्सार कार्यालय बुझाएको छ ।

जिल्लाको विभिन्न ठाउँबाट बरामद भन्सार छलीका ५ लाख भन्दा बढीका सामानहरु आइतबार अबेर कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाएको हो । प्रहरीले गरेको जाँचमा बीरगन्जको विभिन्न ठाउँबाट ५ लाख १५ हजार मूल्य बराबरको इलेक्ट्रोनिक्स र किवि बरामद गरेको थियो ।
भन्सार बुझाएको कागजात फेला नपरेपछि पर्सा प्रहरीले थप कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

उनका प्रहरीको विशेष टोलीले भन्सार छलीका सामान बरामद गरेको थियो ।


सम्बन्धित समाचार