Logo

१० भदौ,वीरगञ्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा भारतीय सख्खर बरामद गरेको छ ।

जिल्लाको जिराभवानि गाउँपालिकामा आज बिहान छापामारी गरी ठुलो परिमाणमा भारतीय सख्खर बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकि महादेव पटि को संयुक्त प्रहरी टोलिले जिराभवानि गाउँपालिका वार्ड नम्बर एक बलुवा टोल का स्थानीय रफिक अन्सारि को घरमा भण्डारण गरि राखिएको अवस्थामा १२० बोरा भार्तिय सख्खर र तिस बोरा भार्तिय युरिया मल बरामद गरेको हो।

बरामद गरिएको सख्खर मल लाइ आवश्यक कार्वाही को लागि बिरगंज भन्सार कार्यालय मा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङेल ले जानकारी दिए ।


सम्बन्धित समाचार