Logo

१० भदौ,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कृष्ण जन्माष्टमीका अवसरमा बधाई तथा शुभकामना दिएका छन् ।

सोमबार उनले दिएको शुभकामना सन्देशमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी श्रद्धा, भक्ति र आनन्दको उत्सव भएको र यसले युगीन चेतनाबोध तथा सुपथगमनका लागि शक्ति एवम् सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

मुख्यमन्त्री सिँहले सत्य, प्रेम र करुणासँगै इमानदारी एवम् निष्ठाका पयार्य भगवान् श्रीकृष्ण दर्शनले जीवनजगतलाई युगौँसम्म अनुप्राणित गरिरहने भन्दै जन्मलाई जीवनमा रूपान्तरण गर्ने श्रीकृष्णको जीवनशैली प्रेरणास्पद र अनुकरणीय रहँदैआएको सन्देशमा उल्लेख गरेका छन् ।

राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक विषमताप्रतिको विद्रोह र परिवर्तन लागि मार्ग, तस्बिर र रूपरेखा कोर्ने भगवान् श्रीकृष्ण जन्मको अर्थ समानता भएको र उज्यालोमा मात्र नभई अँध्यारोमा पनि प्रकाश–परमात्मा अङ्कुरित हुने सक्ने सत्यनित्य सन्देश प्रवाह गर्ने श्रीकृष्ण जन्माष्टमीले सबैका जीवनमा सुख र सौभाग्य ल्याउने सन्देशमा कामना गरिएको छ ।

मुख्यमन्त्री सिँहले भगवान् श्रीकृष्णले जीवनका प्रत्येक पल, पक्ष र व्यक्तिलाई पूर्णतामा बाँचेको उदाहरणबाट जीवनमा आइपर्ने कठिन, जटिल र असहज समयमा पनि व्यक्तिले उल्लासभावका साथ अघि बढ्न प्रेरित भइरहेको सन्देशमा भनेका छन् ।


सम्बन्धित समाचार