Logo


१० भदौ,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका छन् ।

परोपकार प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका हुन् ।

स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको सेवा सुविधालाई समायानुकुल बढाउनका लागि अध्ययन भइरहेको उनले बताए । मन्त्री पौडेलले सुरक्षाको अनुभूति हुने गरि स्वास्थ्कर्मीलाई सेवा प्रवाहको वातावरण बनाइने समेत धारणा राखे ।

प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको सेवा तुलनात्मक रुपमा व्यवस्थित रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको प्रभावकारिता थप बढाउन आवश्यक रहेको उल्लेख गरे ।


सम्बन्धित समाचार