Logo

१० भदौ,काठमाडौँ । पूर्वगृह मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो सफल नहुने बताएका छन् ।

चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले भ्रष्टाचारविरुद्ध घण्टी बजाएको कारण आफूहरूमाथि झूटो आरोप लगाएर बदनाम गर्न खोजिएको जिकिर गरे । लोकतान्त्रिक व्यवस्थामा जनता शक्तिशाली हुने भन्दै उनले आफूहरूसँग जनताको शक्ति रहेको दाबी गरे ।

‘हाम्रोमा हावा नलागी पात हल्लँदैन भन्ने चलन छ, तर त्यो हावा हैन, उनीहरूले फोक्सो फुट्ने गरी फुकेका छन्, त्यो नक्कली हावासँग रवि लामिछाने तर्सिनेवाला छैन, अब म बाघ हुँ भन्न पनि मिलेन, भैँसीले मारिदियो नत्र बाघ नै हुँ भनिन्थ्यो, तर जति कमजोर सोचेका छन् त्यति कमजोर त रास्वपा हैन, त्यति कमजोर घण्टी हैन, त्यति कमजोर रवि लामिछाने छैन,’ उनको भनाइ थियो ।

भ्रष्टाचारको विषयमा हदम्यादको कुरा सदनमा उठेको बताउँदै उनले त्यो विधेयक आए कुनैपनि हालतमा पास गर्न नदिने बताए ।


सम्बन्धित समाचार