Logo

१० भदौ,सेढवा। चालु आर्थिक बर्ष २०८१/०८२ शुरु भएको एक महिनाभन्दा बढि समय बिति सक्दापनि पर्साका अधिकांश बिद्यालयहरुमा दिवा खाजा बन्द रहेका छन ।

नेपाल सरकारको संघिय अनुदानमा संचालन हुने सामुदायिक बिद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई दैनिक खुवाइने दिवा खाजा हालसम्म शुरु गरिएका छैन। जिल्लाको छिपहरमाई, धोबिनी, पाकाहा मैनपुर,.कालिकामाई, जगरनाथपुर, जिराभवानी, सखुवाप्रसौनी गाउपालिका तथा बहुदरमाई,पर्सागढि नगरपालिकामा रहेका सामूदायिक बिद्यालयमा दिवा खाजा संचालन गरिएका छैन।

नेपाल सरकारले बिगत चार बर्षदेखि बिद्यालय उमेरका बालबालिकाहरुलाई बिद्यालय भित्रियाउने तथा टिकाउने उद्देश्यले दिवा खाजा संचालन गर्दै आएका छन। तर दिवा खाजा संचालनमा नआउदा निरन्तर बिद्यार्थी उपस्थितिमा कमी भएका शिक्षकहरुले बताउ छन्।

बिद्यालयका प्रधानाध्यापकहरुका अनुसार गाउपालिकाले खाजा संचालनका लागि रकम बिद्यालयको खातामा नपठाएका कारण खाजा संचालन नगरिएको बताए। पालिकाले खाजा संचलन गर्ने सम्बन्धमा कुनै किसिम्मको निर्देशन नदिएकोले खाजा नचलाएको प्रधानाध्यापकहरुले बताउ छन्।

कुनै कुनै पालिकाले गाँउ सभा नै नगरेका कारण खाजा संचालन नभएको केही प्र अ को भनाई रहेका छन। पर्सागढि नगरपालिका वडा नं ३ मा रहेका श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बागवानका प्रधानाध्यापक योगेन्द्र चौधरीले बर्षे बिदा पछि १७ दिन खाजा संचालन गरेको बताए। त्यसपछि खाजा बन्द रहेको प्र अ चौधरीले बताए।

पालिकाको खातामा सम्बन्ति रकम आएपछि मात्र खाजा संचालन गर्न पालिकाले निर्देशन दिएका प्र अ चौधरीले बताए। बिद्यालयमा खाजा संचालनमा नआउदा बालबालिकाहरुको निरन्तर उपस्थिति कमी आएका शिक्षकहरुले जनाएका छन।खाजा संचालनका बेलाभन्दा अहिले बालबालिकाहरुको उपस्तिथीमा पचास प्रतिशत सम्म कमी आएका शिक्षकहरुले जनाएका छन।

प्राप्त जानकारी अनुसार ठोरी गाउँपालिकामा रहेका सामूदायिक बिद्यालयमा बिदा बाहेक निरन्तर रुपामा खाजा संचालनमा रहेका छन भने पटेर्वासुगौली गाउँपालिकामा आइतबारदेखि दिवा खाजा संचालनमा आएका छन।
बिद्यालयमा यी बालबालिकाहरुलाई दिवा खाजा नखुवाए पनि पालिकाले प्रति बिद्यर्थी , प्रति दिन पन्ध्र रुपैयाका दरले बार्षिक १ सय असी दिनको लागि खाजा रकम पठाउने गरिन्छ।


सम्बन्धित समाचार