Logo

११ भदौ,काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिम्सिनाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । उनले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको अध्यक्ष हैसियतले कार्य गरिरहेकाले उनी राजदूत बन्न अयोग्य भएको जिकिर सहित समितिमा उजुरी परेको हो ।

‘मलेसियाका लागि राजदूत डा नेत्र प्रसाद तिम्सिना नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको अध्यक्ष हैसियतले कार्य गरिरहेको हो भन्ने सन्दर्भमा सम्मानित अदालतमा उजुरीहरू गरेको हुनाले निजको नेपाल रेडक्रस सोसाइटीमा संलग्नता जिम्मेवारी रही रहँदा राजदूतसम्बन्धी नियुक्ति मापदण्ड विपरीत हुने भएकोले राजदूत पदका लागि स्वतः अयोग्य रहेको ब्यहोरा अनुरोध छ’, उजुरीमा भनिएको छ ।

नेपाल रेडक्रस सोसाइटी वैदेशिक सहायता प्राप्त गर्ने संस्था रहे रहेको गोप्य उजुरीमा उल्लेख छ।


सम्बन्धित समाचार