Logo

११ रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटिएको गस्ती टोलीले करिब ६ लाख रुपैयाँको अवैध भारतीय सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतबाट भन्सार छली अवैध रूपमा मोटरसाइकलमा राखेर प्याज, आलु लगायतका सामानसहित प्रहरी गस्ती टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरूबाट बरामद भएको सामान सवारी साधनसहितको कुल ५ लाख ९० हजार ४४४ रुपैयाँ मूल्याङ्कन गरी तीनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।

 


सम्बन्धित समाचार