Logo

१२ भदौ,काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनमार्फत पदाधिकारी टुङ्ग्याएको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो ।

२१ सदस्यीय पदाधिकारी रहेको एकीकृत समाजवादीमा १८ पदाधिकारी छान्न निर्वाचनको प्रक्रिया अपनाइएको थियो। अन्तिम समयमा आएर घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि राजेन्द्रप्रसाद पाण्डे वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए । अन्य बाँकी १७ पदाधिकारी भने निर्वाचनमार्फत चयन भएका छन्।

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई विजयी भएकी छन्। राईसँग प्रतिस्पर्धा गरेकी नेतृ रामकुमारी झाँक्री पराजीत भइन्। त्यस्तै, उपाध्यक्ष (मधेशी समुदायबाट) धर्मनाथ प्रसाद साह, खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्।

त्यस्तै, उपमहासचिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन्। सचिवमा दलित समुदायबाट गणेश बहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुल्लामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय र सावित्राकुमारी भुसाल निर्वाचित भएका छन्।


सम्बन्धित समाचार