Logo

१२ भदौ,वीरगञ्ज । बीरगन्जबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आज आफ्नो ८ औं वार्षिकोत्सव मनाएको छ ।

वीरगञ्जको एक होटलमा मध्य नेपाल सन्देशले आफ्नो आठौं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवमा सहभागी वक्ताहरुले समाजलाई फाइदा पुग्ने हिसाबले पत्रकारिता गर्न तर्फ ध्यान दिन जरुरी रहेको जोड दिएका थिए ।

समाज बलियो भने सबैको विकास हुने भएकाले अबको पत्रकारिता समाजलाई दक्ष हुने पत्रकारिता गर्न आवश्यकता रहेको औल्याइएको थियो । वार्षिकोत्सवमा सहभागी वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा भएका राम्रो कामहरुको उजागर गर्न आग्रह गरेका थिए ।

उनले भने, ‘पछिल्लो समय मेरो बारेमा धेरै समाचारहरु आइरहेका छन्, नियतवस लागेर लेख्ने काम भइरहेको छ । मेरो व्यक्तिगत जीवनको बारेमा समाचारहरु आइरहन्छ, तर जे लेख्नुपर्नेहरु त्यसमा कलम चलाइदैन् । त्यसकारण महिला पत्रकारहरु अब तपाइहरु पनि लेख्ने काम अगाडि बढ्नुहोस, पुरुष पत्रकारबाट म हैरान भए ।’

उनका अनुसार पुरुष पत्रकारहरु राम्रो कामबारे कम, नराम्रो बारे बढी समाचार लेख्ने गरेका छन् । कार्यक्रममा सहभागी सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादवले सकारात्मक पत्रकारिता गर्नतर्फ ध्यान दिन आवश्यकता रहेको बताएका थिए ।

उनले भने, ‘अधिकांशले नकारात्मक पत्रकारिता गरिरहेका हुन्छन्, तर अब समाजमा सकारात्मक पत्रकारिताको पनि आवश्यकता छ । त्यसकारण सत्यतथ्य पत्रकारिता गरेर समाजलाई फाइदा पुग्ने काम सबैले गर्नुपर्छ ।’ पत्रकारहरुको क्षमता अभिवृद्धि एवम विकासका लागि आफ्नो पालिकाले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता जनाएका थिए ।

यसैबिच मध्य नेपाल सन्देशले आफ्नो वार्षिकोत्सवको अवसरमा क्रियाशील महिला पत्रकारिता पुरस्कार बीरगन्जका निलिमा पौडेललाई प्रदान गरेको छ । मध्य नेपालले ११ हजार धनराशि बराबरको पुरस्कारले क्रियाशील पत्रकार पौडेललाई सम्मानित गरेको हो ।

मध्य नेपाल सन्देश साप्ताहिका प्रधान सम्पादक कबिता खड्काको अध्यक्षता कार्यक्रम सञ्चालन भएको थियो ।


सम्बन्धित समाचार