Logo

१२ भदौ,वीरगञ्ज । साईकल चोरेको आरोपमा रौतहटबाट तीनजना पक्राउ परेका छन् । जिल्लाको राजपुर नगरपालिकाबाट साईकल चोरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ९ बस्ने बिगन सहनी, सुभाष सहनी र प्रमोद सहनी रहेका प्रहरीले जनाएको छ ।

भदौ १० गते राजपुर–९ स्थित शेख मोर सलिमको घरको वराण्डाबाट पार्किङ्ग गरि राखेको २ वटा साइकल चोरी भएको थियो । घटनाको सुचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले खोजतलास गर्ने क्रममा साइकल सहित उनीहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक उमाशंकर प्रसादले बताए ।

यसैबिच मोटरसाइकल चोर्ने एकजना रौतहटबाट पक्राउ परेका छन् । इर्शनाथ नगरपालिका–२ बस्ने संजय कुमार साहको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एकजनालाइै पक्राउ गरेको हो । प्रहरीले भारत बिहार राज्य मोतिहारी जिल्ला भायाग्राम पञ्चायत वडा नम्बर १० बस्ने २२ वर्षका कामेश्वर महतोलाई पक्राउ गरेको जानकारी दिएको छ ।

महतोमाथि बिआर ०५ बिडी ९६५४ नम्बरको हिरो कम्पनीको कालो रंगको मोटरसाइकल चोरी गरेको आरोप छ । पक्राउ परेकाहरु चारै जनामाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार