Logo

१३ भदौ,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।


सम्बन्धित समाचार