Logo

१३ भदौ,वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मानव सेवा आश्रमको १२ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा आयोजना गरेको हो । वीरगञ्जको क्लासिक व्यान्केटमा आयोजित रक्तदान कार्यक्रममा २ महिलाासहित १८ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा नूतन सरावगी,मिनाक्षी गुप्ता, राजेन्द्र भट्टराई, दिपेश तमांग ,अशोक साह , श्याम कार्की लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका राजन श्रीवास्तवले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा आश्रमका संरक्षक तथा मधेस विश्वविद्यालयका उपकूलपति डा. दीपक शाक्य, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, नेपाली सेनाका कर्णेल निराजन कटुवाल,मानव सेवा आश्रमका दिवेश प्रसाद गुप्ता,प्रकाश थारु लगायतकोपनि उपस्थिती थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।


सम्बन्धित समाचार