Logo

१३ भदौ,काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।

उनले भनेका छन्

टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन हो। जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी। जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो।


सम्बन्धित समाचार